सेनामा किन रोकियो रथीको बढुवा ? यस्तो छ भित्री कारण


रोशन खड्का , काठमाडौं– नेपाली सेनामा रथी पदको दबरन्दी रिक्त भएको एक महिना पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको ठांउमा रथीको दरबन्दी रिक्त छ । पुर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीको अवकास भएपछि थापा भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । नेपाली सेनामा बलाधिकृत र बलाध्यक्ष गरी दुई वटा रथीको दरबन्दी रहेको छ ।

सेनापतिले रथीमा कस्को नाम सिफारीस गर्छन् त्यो भने अझै टुंगो लागेको छैन् । वरियताको आधारमा रथीको लाइनमा हाल निरीक्षणाधिकृत रहेका उपरथी अनुज वस्नेत छन् । उपरथी बस्नेत सेनामा वरियतामा सबैभन्दा अघि छन् । उनले चीनबाट एनडिसी कोर्स समेत गरेका छन् ।

सेनामा वरियताका आधारमा बढुवा गर्ने परम्परा रहेको छ । वस्नेतको पुर्व प्रधानसेनापति क्षत्रीको पालामा उपरथीमा पदावधी थप भएको थियो । उपरथीमा पदावधी थप नहुने चर्चा चलिरहदा अन्तिममा क्ष्ँत्रीले उनको पदावधी थप गरेका थिए । सेनामा उनलाई कतिपयले अवकासप्राप्त उपरथी विनोज बस्नेतसंग समेत जोडेर हेर्ने गरेका छन् । उपरथी अनुज बस्नेत अवकासप्राप्त उपरथी विनोजका सहोदर जेठान हुन ।

प्रधानसेनापतिले रथी पद रिक्त भएको एक महिनासम्म पनि बढुवा प्रक्रिया अघि नबढाएपछि सेनामा रथीमा कस्को नाम सिफारीस हुन्छ भन्ने चर्चा सुरु भएको छ । तीन तारे जर्नेलमा बढुवा नभए वस्नेत उमेर हदले आगामी मंसिर २५ गते उपरथीबाटै अवकास पाउनेछन् । त्यो भन्दा अघि वरियतामा दोस्रो नम्बरमा रहेका उपरथी उपरथी शेखरसिंह बस्नेत पनि मंसिर १ गते नै अवकास पाउनेमा छन् ।

सेनामा अहिलेको रथी पदसंग भावी प्रधानसेनापतिको खेल पनि जोडिएकाले चलखेल सुरु भएको बताईन्छ । बस्नेतद्धय दुवैको बढुवा नहुंदा त्यसको फाइदा हालका गूप्तचर प्रमुख समेत रहेका उपरथी देव सुवेदीलाई हुनेछ । सुवेदी तीन तारे भएको अवस्थामा समेत उनी त्यो पदमा धेरै रहने छैनन् । सुवेदीपछि वरियतामा उपरथी शरद गिरी रहेका छन् । उनि पनि तीन तारे बन्नका लागी लविङमा छन् ।

अहिले वस्नेतको बढुवा भए त्यसपछि सेनापति हालका युद्धकार्य महानिर्देशक रहेका उपरथी प्रमुराम शर्मा हुनेछन् । यदी उनको बढुवा नभए सेनापतिको रोलक्रम नै विग्रने अवस्था छ । तीन तारेमा सुवेदी वा गिरी दुवैमध्ये एक हुंदा उनिहरु अवकासमा छिट्टै जाने र त्यो अवस्थामा उपरथी शर्मा रथीमा बढुवा हुनेछन् ।

रथीमा छिट्टै बढुवा हुने अवस्था आयो भने प्रधानसेनापति थापा हुंदै उनले तीन तारे जर्नेलबाट अवकास पाउनुपर्ने हुन्छ । त्यो अवस्थामा त्यसपछि उपरथीहरु ईश्वर हमाल र समिर शाही प्रधानसेनापतिको लाइनमा आउनेछन् । तर,सरासर नियमअनुसार बढुवा भएको खण्डमा भने यसपछि सेनापति भने शर्मा नै हुनेछन् । उनि हालसम्म कुनै विवादमा नआएका सैनिक अधिकारी हुन् । शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स समेत गरेका छन् ।

सेनामा अहिले रथीको बढुवाको पछाडी थुप्रै खेलहरु भएको स्रोतको दाबी छ । प्रधानसेनापति थापाले पदमा वहाली भएकै दिनदेखी सेनामा सिस्टम सुधार गर्ने घोषणा गरेका छन् । उनले संस्थाको सुधारको लागी अलोकप्रीय कदम चाल्ने समेत बताइसकेका छन् । प्रधानसेनापतिका आकांक्षीहरुले रथी बढुवा रोक्न चलखेल सुरु गरेको उच्च स्रोतले काठमाडौंपाटीलाई बतायो ।

‘अहिलेको रथी बढुवा भावी प्रधानसेनापतिसंग जोडिएकाले पनि रथी बढुवामा ढिलाई भएको हो, अव प्रधानसेनापतिले के गर्नुहुन्छ त्यसैमा सबै कुरा भर पर्छ ।’ सेनाका एक जर्नेलले काठमाडौंपाटीसंग भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement