लुम्बिनीमा माओवादी केन्द्रको २५३ सदस्यीय समिति गठन


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगाएको छ । बुधबार (माओवादी केन्द्र) प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

प्रदेश कमिटी उपाध्यक्षहरुमा दुर्गा थारु कबिर, लुमाकान्त न्यौपाने (सागर) , वीर बहादुर खत्री चयन भएका छन् । सचिवमा कृष्ण अधिकारी (प्रकाश) र सहसचिवहरुमा अकलबहादुर बम, पार्वती बिक र काशीराम यादव चयन भएका छन्र । त्यसैगरी कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement