लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित


काठमाण्डु- लुम्बिनी प्रदेशको सभामुुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् ।

सभामुख घर्ती सोमबार नै निविरोध भएका थिए भने उपसभामुखमा नेपाली कांग्रेस र नागरिक उन्मुुक्ति पार्टीले उम्मेदवारी दिएका थिए । तर, आज दुबै पार्टीले उम्मेदवारी फिर्ता लिएपछि उपसभामुखमा राप्रपाकी मेनुका केसी खाण केसी निर्विरोध निर्वाचित भएकी छन्।

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement