लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसका चौधरीको दाबी पेस


काठमाण्डु लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

आइतबार माओवादी केन्द्रलगायत ६ दलले सरकारको समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनलाई कांग्रेससहित ८ दल र १ स्वतन्त्र सांसदको समर्थन छ।

उनले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षर बुझाएका छन् । ८७ सिट रहेको लुम्बिनी प्रदेशमा जम्मा ४४ सिट भए बहुमत पुग्छ। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement