लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत


काठमाण्डु- लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै सरकार सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीलाई ३३ सांसदले विश्वासको मत दिए भने उनको विपक्षमा ५३ मत खसेको छ ।

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले आज प्रदेशसभा बैठकमा विश्वासको मत मागेका हुन् । सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement