लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत


काठमाण्डु- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा चौधरीलाई पक्षमा ५३ सांसदले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा भने २९ सांसदल मतदान गरे । जसमध्ये ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएन ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । यसअघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement