लुम्बिनी प्रदेशमा राप्रपाका थापाको उम्मेदवारी फिर्ता


बुटवल – राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले राप्रपाका थापाले आज शुक्रबार उम्मेदवारी फिर्ता लिएकाले अब लुम्बिनीमा ६ जना उम्मेदवार कायम रहेको बताए ।

उम्मेदवार थापाले गठबन्धनको सम्भावना नभएपछि उम्मेदवारी फिर्ता लिएको बताए । उनले राप्रपाले कसलाई मत दिने भन्ने विषयमा पार्टीले निर्णय गर्ने जानकारी दिए ।

लुम्बिनीमा राप्रपाको महिलातर्फ कपिलवस्तुकी विजयलक्ष्मी सिंहको उम्मेदवारी कायमै छ । लुम्बिनीमा राप्रपासँग २६९ मत छ । लुम्बिनीमा २ पदका लागि निर्वाचन हुँदैछ ।

महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

अन्यबाट राप्रपाका थापाले उम्मेदवारी फिर्ता लिएपछि अब एमालेका उपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, जनमत पार्टीका बाल गोविन्द चौधरी उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement