यी हुन् लुम्बिनी सरकारमा सहभागि भएका एमालेका पाँच मन्त्री


काठमाण्डु- नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने पाँच मन्त्रीहरुको नाम टुंगो लगाएको छ । एमालेले पाँचै जनाको नाम मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको छ ।

जसअनुसार एमालेले एमालेले भूमिश्वर ढकाललाई शहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई गृह, अर्जुनकुमार केसीलाई बन मन्त्रालय र रत्न खत्री सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement