लुम्बिनीमा एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार


काठमाण्डु- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकैदिन दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेका मुख्यमन्त्री महराले आजै दिउँसो पुन एक मन्त्री नियुक्त गरेका हुन् ।

उनले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई मन्त्री बनाएका छन् । एकीकृत समाजवादीको आपत्तिपछि भगवतीलाई मन्त्री बनाइएको हो ।मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका थिए । उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement