लुम्बिनी प्रदेशका ७ मन्त्रीले पाए विभागीय जिम्मेवारी, कसलाई कुन मन्त्रालयको जिम्मा ?

लुम्बिनी प्रदेशका ७ मन्त्रीले पाए विभागीय जिम्मेवारी, कसलाई कुन मन्त्रालयको जिम्मा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशमा ७ जना विना विभागीय मन्त्रीले विभागीय जिम्मेवारी पाएका छन् ।

नेकपा एमालेका ४, नागरिक उन्मुक्ति पार्टीका १, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसदले जिम्मेवारी पाएका छन् ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको कार्यविभाजन गर्ने निर्णय गरेको छ ।

कार्यविभाजनअनुसार एमालेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला तथा कानून, अर्जुनकुमार केसीलाई वन तथा वातावरण, रत्नबहादुर खत्रीलाई सामाजिक विकास, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास र यातायात, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला, नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुनलाई स्वास्थ्य र जसपाका भण्डारीलाई अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीका जोखबहादुर महरा गत चैत २३ गते ५ राजनीतिक दलका ४७ र स्वतन्त्र १ सांसद गरी ४८ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।