चेतनारायण आचार्यद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस

चेतनारायण आचार्यद्वारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम दाबी पेस गरिएको हो। दाबीमा एमाले–कांग्रेसका ५६ जनाको हस्ताक्षर रहेको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज साँझ ६ बजे सम्मको समय दिएका थिए ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा एमालेसँग २९ र कांग्रेसका २७ सांसद छन्। दुई दलको सांसद संख्या जोड्दा प्रदेश सभामा सहज बहुमत हुन्छ ।