लुम्बिनी सरकारले ल्यायो ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट (पूर्णपाठ)


काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट विनियोजन गरेको छ ।

बुधबार आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले कृषि, शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

उनले पुँजीगत बजेट २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए । यो कुल बजेटको ५७. ४१ प्रतिशत हो ।
चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यो कुल बजेटको ३१ .२६ प्रतिशत हो ।

वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया छुट्याइएको मन्त्री खड्काले बताए । यो कुल बजेटको ११. ३३ प्रतिशत हो ।

बजेटमा प्रदेश गौरव योजनाका लागि १ अर्ब ६९ करोड छुट्याइएको छ भने रुपन्देहीमा रहेका प्रदेश मन्त्रालय एक वर्षभित्र स्थायी राजधानी दाङमा सार्न‚ राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र सरस्वती माविको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्वाधार विकाससँगै कृषि, स्वास्थ्य र सामाजिक विकासमा समेत केही नयाँ कार्यक्रम ल्याइएको मन्त्री खड्काले बताए । बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वतर्फ ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 यस्तो छ पूर्णपाठ:

 

प्रतिक्रिया दिनुहोस
Advertisement