लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने


बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् । मंगलबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले  विश्वासको मत लिन लागेका हुन ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र आइतबार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टापछि  मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आब्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रकाे समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसकेपछि गत बिहिबार सरकार ढलेको थियो । सो सरकार ढलेपछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

विश्वासको मत लिएपछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ  मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement