लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ


काठमाण्डु-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ को क बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

लुम्बिनी सरकारमा नेपाली कांग्रेसले ५ जना मन्त्रीलाई पठाउन लागेको हो ।

लामो छलफलपछि कांग्रेसले बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बन्दैछन् । एमालेले पनि ४ मन्त्रीको नाम टुंगो लगाएको छ ।

कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये सरोज थापा मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ अनुहार हुन् ।