मन्त्री विमला प्रकरण : लुम्बिनी सरकारले बनायो छानविन समिति


काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला वली घटनाबारे छानविन गर्न समिति बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको हो ।

जाँचबुझ समितिको सदस्यमा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका सरकारका प्रवक्ता शर्माले जानकारी दिए । मंगलबार बिहान तुलसीपुर उपमहानगरापिलका–५ बसपार्कस्थित प्रेमी एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई कुटपिट गरेकी थिइन् ।

एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् । यता मन्त्री वली भने अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना भएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement