सांसदद्धय शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : लुम्बिनी प्रदेशसभा (पत्रसहित)

सांसदद्धय शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : लुम्बिनी प्रदेशसभा (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्ने आधार नभएको भन्दै कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारेको हो ।

एमालेले प्रदेश सरकारमा सहभागी बिनाविभागीय मन्त्री शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी वलीलाई पार्टीले कारवाही गरेको विवरणसहित उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।

तर आफूले पत्र पठाएर कारबाहीसम्बन्धी बिवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको पत्रमा उल्लेख छ ।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएका छन् ।