मदनमणि दीक्षितको अन्त्येष्टी राष्ट्रिय सम्मानका साथ हुने


काठमाडौं – वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।  सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् ।

नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् । नेपाली साहित्य, पूर्वीय दर्शन, पत्रकारिता र राजनीतिक क्षेत्रका अग्रज तथा सम्मानित व्यक्तित्व मदनमणि दीक्षितको निधनको खबरले स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement