पत्रपत्रिका

आज २६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो ।

dish home

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो । दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ । गत वर्षको जेठ ३ गते नै दुवै पार्टीको एकीकरण भएको थियो ।

सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो । कार्यक्रमा जीवराजकी पत्नी माया ज्ञावली सहभागी हुने तयारी छ । मदनकी श्रीमती विद्यदेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहेकी छन् । पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए ।

जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् । उनीहरूले भण्डारीको जनताको बहुदलीय जनवाद अहिले पनि सान्र्दभिक रहेको बताउँदै उनीजस्तो नेता देशलाई खाँचो भएको औंल्याउँदै आएका छन् ।

भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनी तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बनेका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top