वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दिए राजीनामा


काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् ।

खरेलले आइबार बिहान संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष राजिनामा दिएका हुन् । खरेललाई २०७५ सालको भदौ २९ गते सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणमा जोडिएर विवादित बनेपछि सरकारले कंसारका भन्दा माथिल्लो पदमा कार्यकारी अध्यक्षमा खरेललाई नियुक्त गरेको थियो ।

खरेलले नेपाल वायुसेवा निगमको उडान गन्तब्य विस्तार नगरेको, जापानको नारिता नभई यात्रुको चाप कम हुने ओसाकामा उडान गरेको, स्वार्थमा लागेको, चीनको संघाइ र बेइजिङ उडान गर्न चासो नदिएको, आन्तरिक बजार हिस्सा बढाउन असफल भएको लगायतका आरोप लागेका थिए । खरेललाई संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पटक पटक स्पष्टिकरण पनि सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement