मदन पुरस्कारका लागि छानिए ७ पुस्तक, कुन–कुन परे ?


काठमाडौं – ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् ।

मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरि बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।

छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् ।

छनोटमा परेका यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट गुठीले पुरस्कृत गर्नेछ । मदन पुरस्कार प्रतिष्ठित पुरस्कार हो । यसको राशि २ लाख रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement