प्रधानमन्त्री ओलीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

प्रधानमन्त्री ओलीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण


काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीले अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले प्रतिमा निर्माण गरेका थिए ।