मधेश सरकारको उपलब्धि सार्वजनिक कार्यक्रममा नारा- ‘साइकल चोरलाई कारबाही गर’

मधेश सरकारको उपलब्धि सार्वजनिक कार्यक्रममा नारा- ‘साइकल चोरलाई कारबाही गर’


काठमाण्डु- मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।

उपलब्धि सार्वजनिक गरिरहँदा सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले भने विरोध प्रदर्शन गरे । उनीहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

२९ पुसमा जसपाका सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिका विवरणहरु २२ पृष्ठमा सार्वजनिक गरेका छन् ।