काठमाण्डु- नेकपा एमाले मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै आज एमाले मधेश सरकारमा पनि सहभागी भएको हो ।
एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएको छ । जसअनुसार एमाले प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादव भौतीक मन्त्री बनेका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै सोमबार उनले प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका हुन् ।
प्रतिक्रिया