काठमाण्डु– सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन बढेपछि मधेशका विभिन्न जिल्लामा कर्फ्यु लगाइएको छ ।
बिहीबार सिरहा र धनुषाका सहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो । लहान बजारमा बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको छ ।
लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ ।
यस्तै जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले विज्ञपति जारी गर्दै कर्फ्यु आदेश जारी भएको जानकारी दिएका हुन् ।
बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको हो ।
यस्तै गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ ।




प्रतिक्रिया