मधेषमा बाढी र डुवानको समस्या :उर्जामन्त्रीले मुख्यमन्त्री रावतलाई भने मिलेर काम गरौ


काठमाडौं – प्रदेश नं २ का मुख्यमन्त्री लालबावु रावतले मधेशमा आएको बाढी र डुवानको विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनसंग छलफल गरेका छन् । प्रदेशका भौतिकमन्त्री जितेन्द्र सोनलसहित उर्जामन्त्रालय पुगेका मुख्यमन्त्री रावतले मधेषमा भइरहेको बाढी डुवानको विषयमा मन्त्री पुनसंग छलफल गरेका हुन् ।

भेटमा मन्त्री पुनले मधेश डुवानको दीर्घकालीन समाधानका लागी एकीकृत योजना बनाउने प्रस्ताव गर्नुभएको छ । उनले बाढी र डुवान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

मन्त्री पुनले प्रदेश नम्बर २ बाढी डुवानबाट सवैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासंगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए । ‘डुवानको जरो कुरा पत्ता लगाउनका लागी एकीकृत योजना बनाएरै अघि बढौ, दुवै सरकारबीच समन्वय गरेर एकिकृत योजना बनाए मात्र दिर्घकालिन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन । ’ मन्त्री पुनले भने ।

उहांले तत्कालिन समाधानले राज्यको अर्वौ पैसा खेर गएको भन्दै समस्याका समाधानका लागी एकिकृत योजना बनाउनुको विकल्प नभएको बताए । प्रदेश २ का मुख्यमन्त्री राउतले मधेषमा हुने बाढी र डुवानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने चेतावनी दिए ।

उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । मुख्ययमन्त्री रावतले केन्द्र सरकारको ध्यान ठुला नदि व्यवस्थापनामा मात्र गएको भन्दै मधेषमा रहेका साना नदिले पनि क्षती पुराउने गरेको जानकारी दिए ।

उहांले उर्जामन्त्री पुनसंग मधेषमा बाढी र डुवानका कारण अर्बौको धनजनको क्षती भएको भन्दै आगामी दिनमा समस्याको समाधानको लागी दीर्घकालीन योजना बनाईदिन आग्रह गरे । ‘अहिलेसम्म टालटुल मर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन । अव व्यापक तटबन्ध निर्माण गर्नुपर्यो, दिर्घकालिन समाधान नखोज्ने हो भने समग्र भुभाग नै खतरामा पर्ने सम्भावना छ ।’ मुख्यमन्त्री रावतले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement