काठमाण्डु- नेकपा एमालेले प्रदेश १ प्रदेशसभामा समानुपातिक सूचीमा पठाएको नामावली सच्याएको छ । एमालेले प्रदेश १ प्रदेशसभा एक जनाको नाम सच्याएको छ भने मधेस प्रदेशमा २ जनाको नाम सच्याएको हो ।
एमालेले प्रदेश १ अल्पसङ्ख्यक कोटाबाट निर्वाचन आयोगलाई सिफारिस गरेको लहरुमाया जिमी (याख्खा) को ठाउँमा सुनसरीकी यशोदा कायस्थलाई पठाएको छ ।
एमालेले पठाएको सिफारिसमा क्रमसङ्ख्या मिच्दै जिमीलाई सिफारिस गरेपछि निर्वाचन आयोगले सच्याउन आग्रह गरेको थियो । सोही अनुसार एमालेले कायस्थलाई सिफारिस गरेको हो ।
निर्वाचन आयोगले अल्पसङ्ख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरूले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताएका थिए ।
यस्तै एमालेले मधेस प्रदेशमा क्र.सं. १८ को शिला यादवको सट्टा सोभन्दा पछिल्लो क्रममा रहेको समावेशी समूह (अल्पसङ्ख्यक) भित्रको प्राथमिकताक्रम क्रम सङ्ख्या ८ को राजपती देवी जैसवालको नाम कायम गर्न आग्रह गरको छ । त्यसैगरी क्र.सं. ४० को नाजिमा खातुनको सट्टामा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्रको प्राथमिकताक्रम सङ्ख्या १ को जैनव खातुनको नाम कायम गरिदिन अनुरोध गरेको छ ।





प्रतिक्रिया