मधेशमा सरकारको तर्फबाट त्यस्तो कुनै विषयवस्तुमा सम्झौता भएको छैन : मन्त्री पोखरेल

मधेशमा सरकारको तर्फबाट त्यस्तो कुनै विषयवस्तुमा सम्झौता भएको छैन : मन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ।

मंगलबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग ठोस सम्झौता नभएको बताएका हुन् ।

मन्त्री पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी वस्तुस्थितिको बारेमा जानकारी लिएको र समस्या समाधानका लागि संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताए।

पूर्वी तराईका जिल्लाहरूको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनका पीडित पक्षहरूसँग भेटघाट र छलफल गरेका थिए। सोही क्रममा भएका भनिएका सहमतिबारे प्रष्टीकरण दिँदै मन्त्री पोखरेलले कुनै एउटा विशेष बुँदामा आधारित भएर प्रश्न उठे त्यसको विस्तृत र आधिकारिक जानकारी स्वयं गृहमन्त्रीले नै गराउने बताए।

उनले भने,‘सरकारको तर्फबाट त्यस्तो कुनै एउटा विषयवस्तुमा पोजेटिभ नेगेटिभ हुनेगरी सम्झौता भएको छैन। ‘गृहमन्त्रीज्यूले गर्नुभएको सम्झौता भनिएको विभिन्न स्टेकहोल्डरहरुसँग उहाँले भेट्नुभयो। कति स्टेकहोल्डरहरुसँग उहाँले त्यहाँ बसेर कुराकानी पनि गर्नुभयो। र अहिले तत्कालका लागि विभिन्न विषयमा छलफल गर्न आवश्यक भए छलफल गर्न सकिन्छ। कुनै विशेष कुनै मुद्दामा पोजेटिभ नेगेटिभ भन्दा भन्दा पनि समग्र विषयहरु जुन उठान भएका छन्, ती विषयहरुमा छलफल गर्न सकिन्छ भन्ने खालको मात्र उहाँले गर्नुभएको छ त्योभन्दा बाहेक विशेष कुनै एउटा बुँदामै रहेर त्यो प्रश्न भए गृहमन्त्रीज्यू उहाँले नै यसको बारेमा जानकारी गराउनुहुनेछ।’