एकीकृत समाजवादीको सचिवालय बैठक जारी


काठमाण्डु- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । नेकपा एसले महाधिवेशनको मिति तय गर्न आजका लागि बोलाएको सचिवालय बैठक सुरु भएको हो ।

यसअघि एसले आगामी माघमा महाअधिवेशन गर्ने तय गरेको थियो । सो मितिमा राष्ट्रिय सभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन आजका लागि सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement