पूर्वराष्ट्रपति विद्यालाई सम्मान गर्ने कार्यक्रम माधव नेपालले गरे बहिष्कार


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेले आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा नजाने भएका छन् ।

आज गोदावरीस्थित सनराइज हलमा आयोजित कार्यक्रममा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गर्न लागेको छ ।

पूर्वप्रधानमन्त्रीका हैसियतमा माधव नेपाल र झलनाथ खनाललाई समेत एमालेले निम्ताएको छ । तर, उक्त कार्यक्रममा माधव नेपाल नजाने भएका हुन् ।

एमालेले प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement