एकीकृत समाजवादीले बोलायो सचिवालयको बैठक


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन ।

बैठकमा पार्टी कमिटी निर्णयको कार्यान्वयनख तथा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । आउँदो माघमा महाधिवेशन तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement