एमसीसी विवाद : एकीकृत समाजवादीले बोलायो बैठक

एमसीसी विवाद : एकीकृत समाजवादीले बोलायो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीमा एमसीसीबारे चर्को विवाद भएपछि सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी टेबुल गर्न दिने निर्णय गरेको थियो । तर नेता झलनाथ खनालले एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय नै नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएसँगै नेता खनालले विराध गरेका थिए । नकेपा एकीकृत समाजवादीले संशोधन नगरी एमसीसीको पक्षमा मतदान नगर्ने बताएको छ ।