जथाभावी बोल्दै नहिँड्न पद्मा अर्याललाई माधव नेपालको सुझाव


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई जथाभावी बोल्दै नहिँड्न सुझाव दिएका छन् ।

एक अन्तर्वार्तामा मन्त्री अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा नरहेको बताएको प्रसंग निकाल्दै नेता नेपालले देशको बदनाम गर्ने काम नगर्न चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भारतले नेपाली भूमिमा सडक बनाएको कुरा गम्भीर विषय भएकाले कोरोना महामारी देखाएर सरकार पन्छिन नमिल्ने बताएका छन् ।

नेता नेपालले देशको भूमि मिचिएको जस्तो राष्ट्रको सार्वभौम सत्ताजस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकार चुप लागेर बस्न नहुने सुझाव दिएका हुन् ।

‘जमिन अतिक्रमण भएको जस्तो गम्भीर विषयमा कोरोना महामारी देखाएर सरकारले भारतसँग वार्ता नगरी बस्न मिल्दैन,’ नेता नेपालले भने, ‘यसमा सरकार सक्रिय भइहाल्न जरुरी छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement