मलाई कुनै राजदुतले फकाउन सक्दैनः माधव नेपाल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू आफू बदला लिने स्वभावको नेता नभएको बताएका छन् ।

बुधबार राजधानीमा भएको एक अन्र्तक्रियामा बोल्दै नेता नेपालले आफू भावनात्मक भएको भन्दै चाँडै रिस मरिहाल्ने बताएका छन् ।

‘मेरो बदला लिने भावना छैन । मेरो बानी भावनात्मक छ । आखाँबाट आँसु झार्‍यो भने रिस मरिहाल्छ,’ उनले भने ।

त्यस्तै नेता नेपालले राजदूतले आफूलाई फकाउन नसक्ने बताए । विदेशी राजदूतले आफूलाई भेटे पनि आफू त्यसको प्रलोभनमा नपर्ने बताए ।

‘धम्की काम लाग्दैन । हामीले कुरा सुन्ने हो । मलाई कुनै राजदुतले फकाउन सक्दैन,’ उनले भने ।

नेपालले अध्यक्ष तथा प्रधामन्त्री केपी ओलीको कार्यशैलीका कारण पार्टीको विवाद बढ्दै गएको बताए । उनले बालुवाटारमा नेता जम्मा पारेर भाषण गर्न हुने तर बैठक बस्न नुहेन भन्दै ओलीलाई बैठकमा बस्न आग्रह गरे ।

‘बैठकबाट समस्या समाधन गर्नुपर्छ । काभ्रेमा भाषण गर्न हुने । बालुवाटारमा भेला गर्न हुने, भाषण गर्न हुने । केन्द्रीय कमिटी बैठक गर्न नुहुने स्थायी कमिटीबाट भाग्ने’, उनले भने, ‘यो झगडा ब्यक्तिगत झगडा होइन । किन बैठक बस्दैन । कि यस्ता माग उठाउन पाइदैन । यो लेनदेनको झगडा पनि होइन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement