पोलिट्ब्यूरो सदस्यलाई माधव नेपालको निर्देशन- नेतृत्वको आलोचना गर्ने काम बन्द गर्नुहोस्


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।मंगलबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सवै सदस्यहरुनेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका हुन् ।

आलोचना गर्ने मन भए कमिटी मै गर्न आग्रह गरे । ‘जे जे लागेको छ, कमिटीमै राखौं । फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’, उनले भने ।

पछिल्लो समय मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायतका नेताहरूले निर्वाचनको परिणाम आएपछि सार्वजनिक रुपमा पार्टीको आलोचना गरेका थिए । त्यसैगरी अध्यक्ष नेपालले अरुको प्रसंसा गर्ने र आफ्नै नेतृत्वको बद्ख्वाई गर्ने काम बन्द गर्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement