नेकपा एसले मन्त्री छनोटका लागि मापदण्ड बनाउने, यस्ता व्यक्तिलाई प्राथमिकता दिइने


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले मन्त्री छनोटका लागि मापदण्ड बनाउने भएको छ । चैत ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा पठाउने मन्त्रि छनोटका लागि  पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

यसैबीच नेकपा एसले यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने नीति लिने भएको हो । अजसअनुसार यसअघि अवसर नपाएका तर जनताको काम गर्न सक्नेलाई प्राथमिकता दिने तयारी नेकपा एसले गरेको छ ।

नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement