माधव नेपालको चेतावनीपछि गठबन्धनको भविष्यबारे प्रधानमन्त्री प्रचण्डले खोले मुख


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन नफुट्ने बताएका छन् ।

आइतवार धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हालको सत्ता समीकरण पुरै अवधि जाने बताएका हुन् । ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । शनिवार मात्रै सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग सहकार्य गर्न बेर नलगाउने चेतावनी दिएका दिए ।

केही समय अगाडि सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नमानेपछि माधव नेपालले सुदूरपश्चिममा कांग्रेससँग हात मिलाएका थिए । सत्ता गठबन्धन जोगाउन प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेकपा एसलाई सुदरपश्चिमको मुख्यमन्त्री दिने सहमति गरेसँगै माधव नेपाल पुनः सत्ता गठबन्धनमै फर्किएका थिए ।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माधव नेपालले वैकल्पीक गठबन्धनको बारेमा छलफल गरेका थिए । यसैबीच शनिवार उनले आफूलाई कमजोर ठानेमा कांग्रेससँग मिल्ने चेतावनी दिए । माधव नेपाललको चेतावनीपछि आज प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको भविष्यबारे मुख खोल्दै गठबन्धन भित्र कुनै समस्या नभएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement