माधव नेपालले गठबन्धनबाट जुनसुकै बेला बाहिरीनसक्ने भनेपछि ओली पुगे सिंहदरबार


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

उनीहरुबिच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको छ ।

पछिल्लो समय माधव नेपालले आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएपनि मन भने अन्त्य भएको बताउदैँ आएका छन् । उनले सत्ता गठबन्धनबाट जुनसुकै बेला बाहिरीनसक्ने पनि बताए । ‘अहिले हामी यो गठबन्धनमा छौं । अल्ली चैन भइराख्या छैन । मनको चैन भइराख्या छैन । व्यवहारमै होला समस्या । अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन ।’, बुधवार एक कार्यक्रममा भनेका थिए ।

माधव नेपालले गठबन्धनविरुद्ध निरन्तर अभिव्यक्ति दिन थालेपछि ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । पछिल्लो समय नेकपा एकीकृत समाजवादीका नेताहरु सत्ता गठबन्धनप्रति असन्तुष्ट बनेका छन् । यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधव नेपाललाई आफूतिर आउन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement