ओलीले अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैनः नेता नेपाल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश र संसद विघटन गर्ने धम्की नदिन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई चेतावनी दिएका छन् ।

बुधबार फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कसैले तर्साएर कोही पनि नतर्सिने भन्दै प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु, संसद विघटन गरिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु, अध्यादेश ल्याइदिन्छु भनेर ओलीले तर्साएर कोही तर्सिनेवाला छैन ।’

उनले प्रधानमन्त्री अ‍ोलीको व्यस्तताका कारण आजको सचिवालय बैठक स्थगित भएको बताए । उनले बैठक लम्ब्याउँदै जाँदा पार्टी जनतामा बदनाम भइरहेको बताएका हुन् ।

उनले महाधिवेशन अगावै अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउनुपर्ने बताएका छन् । बरिष्ठ नेता नेपालले गत चैतदेखि नै यस्तो अभियान चलाएको जानकारी दिएका छन् ।

‘कसैको पनि अधिनायकवाद र मनपरीतन्त्र चल्दैन । यो दुईवटा अध्यक्षबीचको एकता होइन । यो समग्र पार्टीपंक्तीको एकता हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement