डिपि ढकालका पछाडि सिङ्गो सरकार छः माधव नेपाल


भक्तपुर – पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो आर्थिक विकास र बेरोजगारीको अन्त्य भएको बताएका छन् ।

आज भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभामा बोल्दै नेता नेपालले भने, ‘अब सिङ्गो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताए । भक्तपुर १(क)मा आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा नेकपा उम्मेदवार डिपि ढकाललाई जिताउन नेपालले अपिल गरे । ‘डिपि ढकालका पछाडि सिङ्गो नेकपा छ, सिङ्गो सरकार छ, सिङ्गो प्रदेश सरकार छ , सिङ्गो नगरपालिका छ’ नेता नेपालले थपे, ‘त्यसैले यस क्षेत्रको विकास र समृद्धिको नेतृत्व ढकालले मात्र गर्न सक्छन् ।’

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे । सभामा उम्मेदवार डिपि ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement