बाध्य भएर कठिन फैसला लिनुपर्‍यो : माधव नेपाल

बाध्य भएर कठिन फैसला लिनुपर्‍यो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवगठित नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजन कम्युनिस्ट आन्दोलन विसर्जन विरुद्धको वैधानिक विद्रोह भएको बताएका छन् ।

बुधबार निर्वाचन आयोगमा समाजवादी पार्टी दर्ता गरेपछि विज्ञप्ति जारी गर्दै नेता नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको विसर्जन रोक्न आफुहरुले कठोर कदम चाल्नुपरेको बताएका हुन् ।

साथै उनले एमाले पुनर्गठन र रूपान्तरणको अभियानमा जुट्न अपिल गर्दै आफू देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन नसक्ने उल्लेख गरेका छन् ।

‘उहाँ (केपी ओली)ले पार्टी नेता र सांसदहरूलाई कारबाही गरी गैरकानुनी रूपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भनेका छन् ।