घनश्याम भुसालबारे माधव नेपालले बोले झुट


काठमाण्डु- प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका घनश्याम भुसालले आफू कुनै पनि पार्टीमा नजाने बताएका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घनश्याम भुसाल आफ्नो पार्टीमा प्रवेश गर्ने बताएका थिए ।

‘साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्ने छौँ । पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौँ भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।’ बिहीबार पार्टीको जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरूसँगको जूम मिटिङलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले भने ।

तर भुसालले भने आफु कुनै पनि पार्टीमा प्रवेश गर्न नलागेको प्रष्ट परका छन् । ‘को-कोले के-के लेखेका छन्, त्यसमा मैले बोलेर साध्य छैन । तर, म कुनै पार्टीमा जान लागेको छैन । कुरा त्यस्तो होइन ।’, भुसालले भने । मंसिर ४ गते भएको संघीय निर्वाचनमा एमालेले टिकट नदिएपछि घनश्याम भुसालले रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement