माधव नेपाल र भारतीय राजदूतबीच भेटवार्ता, कालापानी सीमाबारे छलफल


काठमाडौं – नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पूरीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान नेता नेपालसँग भेट गर्नका लागि राजदूत पुरी निवास पुगेका थिए । आफ्नो कार्यकाल पूरा गर्न लागेका राजदूत पुरीले विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालसँग विदाई भेट गरेका हुन् ।

भेटमा राजदूतको कार्यकालको संक्षिप्त चर्चा सहित नेपाल–भारत सम्बन्धका बिबिध पक्षमा कुराकानी भएको थियो । उनीहरुबीच सीमा विवादका विषयमा कुराकानी भएको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई समकक्षी नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक सीमा विवादका विषयमा कुरा गर्नका भारत पठाउने तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement