सरकारमा जाने तयारीमा एकीकृत समाजवादी, नाम टुंगो लगाउन कार्यदल गठन


काठमाण्डु- एकीकृत समाजवादीले सरकारमा सहभागि हुने तयारी गरेको छ । नेकपा एसले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको हो ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । आज बसेको बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।

उक्त कार्यदलले आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement