कम्युनिस्ट मिलेको खण्डमा देशलाई बलियो बनाउन सकिन्छ : अध्यक्ष नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टी मिलेको खण्डमा देशलाई बलियो बनाउन सकिने बताएका छन् ।

समाजवादी मोर्चाले बिहीबार सुर्खेतमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई चिसो नपसेको दाबी गरे ।

उनले भने, ‘मोर्चा बनेपछि कांग्रेसमा चिसो पस्यो भन्ने लागेको होला । चिसो पसेको छैन । कम्युनिस्ट मिलेको खण्डमा देशलाई बलियो बनाउन सकिन्छ । निर्वाचन प्रणाली नै त्यस्तो छ, एक्काएक्लै कसैको पार लाग्दैन ।’

एकतामा शक्ति हुने, शक्तिमा ऊर्जा हुने र ऊर्जामा परिवर्तन गर्ने तागत हुने उनले बताए ।

उनले भने, ‘निर्वाचन प्रणालीमा पैसाको चलखेल हुने गर्छ । पैसामुखी निर्वाचनलाई कसरी परिवर्तन गर्ने छलफल गर्नुपर्छ ।’ अहिलेको निर्वाचन प्रणालीबाट एक्लै कसैले बहुमत ल्याउन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement