वर्तमान राजनीतिक व्यवस्था जोगाउन पार्टीबीच एकता जरुरी छ : अध्यक्ष नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीका बीचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीका बीचमा आपसी सहकार्य र एकता जरुरी रहेको औंल्याए ।

जनजीविकाका सवालमा पार्टीहरू देश र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन आवश्यक नभए पनि वर्तमान व्यवस्थामा सुधारको खाँचो रहेको बताए ।

देशमा भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमूल परिवर्तन गर्नुपर्ने उनले बताए । उनले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement