पार्टीभित्र समस्या छ, विघटन हुन दिँदैनौं : माधव नेपाल


काठमाडौं – सत्तारुढ लद नेपाल क्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पार्टीभित्र समस्या भएपनि पार्टी विघटन हुन नदिने बताएका छन् ।

बिहिबार काठमाडौंको रामशाह पथमा भइरहेको पार्टीको बागमती प्रदेशको प्रशिक्षणमा बोल्दै नेता नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गर्दै ७० वर्ष कठोर दुःख गरेर एक बनाएको पार्टी कुनै पनि हालतमा विघटन हुन नदिने बताए ।

उनले भने, ‘पत्रपत्रिका पढेर दिमाग खराब भएको होला । पार्टी विभाजन होला कि भन्ने होला । तर के कुरामा प्रस्ट हुनुस् भने पार्टी विघटन हुन दिँदैनौँ,’ उनले भने, ‘७० वर्ष हामीले कठोर दुःख गरेका छौँ । यसलाई हामी गुम्न दिँदैनौँ ।’

नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने भन्दै नेता नेपालले पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल लगाएत नेकपाका शीर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement