सर्वदलीय बैठकमा नबोलाएको गुनासो गर्दै माधव नेपालले भने– औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुन तस्करी प्रकरणको छानबिन समिति बनाउने सर्वदलीय बैठकमा आफूलाई नबोलाएकोप्रति गुनासो गरेका छन् ।

शनिवार पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रममा सहभागी पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने बारेको सर्वदलीय बैठकलाई राष्ट्रिय मान्यता प्राप्त दलको बैठकको नाम दिएर निषेध गरिएको बताए ।

एमाले अध्यक्ष केपी ओलीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसलाई नबोलाउन बाध्य भएका उनले बताए । उनले भने, ‘अब केही गर्नुपर्छ भनेर सोचिरहेका छौं । धेरै इमान्दार भएर पनि हुँदैन । घिउ निकाल्न औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ ।’

आफूले नेकपा ब्युँताउने प्रस्ताव राख्दा ओलीले त्यसलाई लत्याएको आरोप अध्यक्ष नेपालले लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement