प्रचण्ड सरकारले राम्रो काम गर्दैछ, हाम्रो मिसन समाजवाद हो : अध्यक्ष नेपाल


विराटनगर – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

विराटनगरमा आयोजना समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नागरिकता वितरण, मिटरब्याज विरूद्धको कानून निर्माण, सुशासनको पक्षमा सरकारले काम गरेको बताए ।

उनले व्यवस्थाका अनेक त्रुटिलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक ऊर्जा प्राप्त हुन नसक्ने बताए । उनले मोर्चाको मिसन समाजवाद रहेको बताए ।

समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उनले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताए । नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताए । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरुलाई मोर्चाले अस्वीकार गर्ने पनि अध्यक्ष नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement