अध्यक्ष नेपालसहित १५ नेता भोलि चीन भ्रमणमा जाँदै


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १५ नेता भोलि मंगलबार चीन भ्रमणमा जाने भएका छन् ।

आज सोमबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेका जानकारी दिए ।

दुवै देशबीच कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए । बैठकबाट भ्रमण सफलताको शुभकामना दिइएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement