केही दिनमै नेकपा र सूर्य चिन्ह हामीले पाउंछौं, केपी ओली सडकमा पछारिन्छन्ः माधव नेपाल

केही दिनमै नेकपा र सूर्य चिन्ह हामीले पाउंछौं, केपी ओली सडकमा पछारिन्छन्ः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको विवाद समाधान हुन नदिएको आरोप लगाएका छन् ।

शनिबार खोटाङ–काठमाण्डु सम्कर्प मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले प्रधानमन्त्री ओलीले अनेक जालझेल, षड्यन्त्र, दबाब धम्की दिएर, विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समधान हुन नदिएको आरोप लगाएका हुन् ।

उनले अबको केही दिनमा नेकपाको आधिकारिकता र चुनाव चिन्ह आफ्नो पार्टीले पाउने र त्यसपछि ओली सडकमा पछारिने बताए ।

‘अब केही दिनमा नै नेकपा र सूर्य चुनाव चिन्ह कस्को हो भन्ने फैसला हुन्छ । निर्वाचन आयोगले आधिकारिकता हामीलाई नै दिन्छ,’ नेपालले भने, ‘केपी ओली सडकमा पछारिने छन्, विचराको कन्तविजोग हुनेछ ।’

नेता नेपालले राज्यका संवैधानिक निकायहरुले कानुनसम्मत रुपमा गर्ने कामलाई अनेक ढंगबाट प्रभावित पार्ने कोशिस भए पनि ओलीको पक्षमा राम्रो संकेत नभएको बताए ।